एजेन्सी । डच क्लब आयाक्स युरोपा लिग फुटबलको अन्तिम ३२ बाट बाहिरिएको छ ।
घरेलु मैदानमा बिहिबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा स्पेनिस क्लब गेटाफेलाई २-१ गोल अन्तरले पराजित गरेपनि समग्रमा ३-२ ले पराजित हुँदै आयाक्स बाहिरिएको हो ।
पहिलो लेगमा व्यहोरेको २-० को हारले आयाक्स प्रतियोगिताबाट बाहिरिएको हो ।
घरेलु मैदानमा आयाक्सका लागि पेरेइरा डा सिल्भाले एक गोल गरे । गेटाफेका ओलिभेराले एक आत्मघाती गोल गरे । यस्तै माटाले गेटाफेका लागि एक गोल गरे ।
इटालियन क्लब इन्टर मिलान अन्तिम १६ मा प्रवेश गरेको छ । बिहिबार राति भएको दोस्रो लेगमा लुडोगोरेट्स राज्ग्राडलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-१ को जितसहित इन्टर अन्तिम १६ मा पुगेको हो ।
यस्तै इटालियन क्लब रोमा पनि अन्तिम १६ मा पुगेको छ ।
स्पेनिस क्लब सेभिया अवे गोलको आधारमा अन्तिम १६ मा पुग्दा पोर्चुगिज क्लब बेन्फिका भने बाहिरिएको छ ।