धनगढी । सर्वाधिक पुरस्कार राशीको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलमा आज (शुक्रबार) अन्तिम क्वाटरफाइनल खेल हुदैछ ।
प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा ए डिभिजनको हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज क्लब रुपन्देही भिड्न लागेका हुन् ।
खेल कैलाली हसनपुरस्थित धनगढी रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ ।
’ए’ डिभिजन क्लब शेर्पाले बाई पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो । गोर्खा ब्वाइजले भने बुटबलको सुनौलो संगमलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको थियो ।
खेलसंगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुुरा हुनेछ ।
बिहीबार भएको खेलमा साबिकको बिजेता पुलिसलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै एपीएफ अन्तिम ४ मा प्रबेश गरेको छ ।
यस्तै, थ्री स्टार क्लब र आयोजक सुदूरपश्चिम ११ पनि अन्तिम ४ मा स्थान बनाईसकेका छन ।
प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विधागत तर्फका उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।