काठमाडौं । श्री कुमारी क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा पुल्चोक स्पोर्ट्स क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै श्री कुमारीले पहिलो जित निकालेको हो ।
श्री कुमारीको जितमा रुकेश श्रेष्ठ र मिशान लामाले एक एक गोल गरे । श्री कुमारीले एक गोल आत्मघाती पाएको थियो । पुल्चोकका स्यारब लो तामाङले दुई गोल गरे । यस्तै यम बहादुर श्रेष्ठले एक आत्मघाती गोल गरेका थिए ।
जितसँगै श्री कुमारीले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा श्री कुमारी ब्वाईज युनियनसँग २-० ले पराजित भएको थियो ।
पुल्चोकको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पुल्चोक टुसाल युथ क्लबसँग २-० ले पराजित भएको थियो ।
आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।