एजेन्सी । जर्मन क्लब वायर्न म्युनिखका डिफेन्डर डेभिड अल्बाले स्ट्राइकर रोबर्टो लेवान्डोस्की बार्सिलोनाका लियोनल मेस्सी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोकै स्तरका खेलाडी रहेको बताएका छन् ।
च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा इन्ग्लिश क्लब चेल्सीलाई हराउन मुख्य भूमिका खेलेका लेवान्डोस्कीलाई बालोन डी’ ओर विजेता मेस्सी र रोनाल्डोसँग तुलना गर्न मिल्ने अल्बाले दाबी गरेका हुन् ।
चेल्सीको मैदानमा मंगलबार राति भएको खेलमा लेवान्डोस्कीले दुई गोल गरेका थिए । जुन खेलमा वायर्न ३-० ले विजयी भएको थियो ।
‘मेरो विचारमा लेवान्डोस्कीलाई मेस्सी र रोनाल्डोसँग तुलना गर्न सकिन्छ,’ अस्ट्रियन डिफेन्डर अल्बाले भने, ‘उनी विश्वस्तरीय खेलाडी र स्ट्राइकर हुन् । हामीलाई थाहा छ उनले गोल गर्न सक्छन् र गोल असिस्ट गर्न सक्छन् । हामीलाई थाहा छ उनी हाम्रोलागि धेरै महत्वपूर्ण छ र उनलाई टिममा पाउदा कृतज्ञ छौं ।’
यस्तै अल्बाले लेवान्डोस्की विश्वस्तरीय स्ट्राइकर भएको बताए ।
‘हरेक हप्ता उसले आफुलाई एक उत्कृष्ट र विश्वको उत्कृष्ट स्ट्राइकर रहेको देखाउने गर्छन् । हरेक खेलमा गोल गर्छन् र मेरो विचारमा उनी शीर्षसँग तुलना गर्न योग्य छन्,’ अल्बाले भने ।
अल्बाले लेवान्डोस्की बालोन डी’ ओर अवार्डका लागि पनि योग्य भएको बताए ।
‘मलाई आशा छ उनी बालोन डी’ ओरको योग्य छ,' उनले थपे, 'मैले देखेको छु उसले प्रत्येक दिन कति मेहेनत गर्छन । उ यसको लागि योग्य छन् ।’