एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बुधबार राति इटालियन क्लब युभेन्ट्सले लियोनको सामना गर्दैछ ।
फ्रेन्च क्लब लियोनसँग युभेन्ट्सले उसैको मैदानमा खेल्नेछ । खेल नेपाली समय नुसार राति १:४५ बजे सुरु हुनेछ ।
लियोनको मैदानमा युभेन्ट्स सुखद नतिजा निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । युभेन्ट्सले लियोनविरुद्धको लागि बलियो टिमको घोषणा गरिसकेको छ ।
युभेन्ट्स पहिलो लेग जित्दै घरेलु मैदानमामा हुने दोस्रो लेग सहज बनाउने योजनामा समेत हुनेछ । च्याम्पियन्स लिगमा उत्कृष्ट फरवार्ड रहदै आएका क्रिस्टियानो रोनाल्डोको साथले युभेन्ट्स थप हौसिएको छ । रोनाल्डोले हरेक सिजनको नकआउट चरणमा गोल गर्दै आइरहेका छन् ।
यता, लियोन घरेलु मैदानमा युभेन्ट्सलाई स्तब्ध बनाएर क्वाटरफाइनल यात्रा सहज बनाउन चाहन्छ । जसका लागि लियोन युभेन्ट्सको मुख्य हतियार रोनाल्डोलाई रोक्न चाहन्छ ।
तर, युभेन्ट्सलाई रोक्न लियोनलाई कठिन हुनेछ । लियोनले पछिल्लो चार भेटमा युभेन्ट्सलाई हराउँन सकेको छैन । लियोनले एक बराबरी खेल्दा ३ हार व्यहोरेको छ ।