एजेन्सी । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले चोटका कारण ईडेन हजार्ड पुरै सिजन मैदान बाहिर रहन सक्ने बताएका छन् ।
चोटका कारण उनी यस सिजन खेल्न सक्ने सम्भावना कम रहेको जिदानको भनाई छ ।
२९ बर्षका हजार्डले गत जुनमा लण्डन क्लब चेल्सीबाट ८९ मिलियन पाउण्डमा मड्रिड क्लब आएका थिए । गत शनिबार लेभान्तेसंग १–० ले हारेको खेलमा हजार्डले पैतलाको जोर्नीमा चोट बोकेका थिए ।
सोही चोटका कारण लामो समय मैदान बाहिर रहेका हजार्डले टिममा फर्किएपछि मात्र दुई खेल खेलेका थिए ।
'उनी कति खेल्छन्, मलाई थाहा छैन । म उनी यस सिजन बाहिर हुनेछन्, म त्यो चाहन्न ।' हजार्डले भनेका छन् ।
'यो सकारात्मक सोच्ने समय हो । तर अवस्था जटिल छ । यो खराब समय हो । यो सजिलो छैन, उनले सहज महशुश गर्न सकेका छैनन् ।' जिदानले थपेका छन् ।
रियलले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग घरेलु मैदानमा म्यान्चेष्टर सिटीबिरुद्ध खेल्दैछ । रियल स्पेनिस लिगको दोस्रो स्थानमा छ । शीर्ष स्थानको बार्सिलोना भन्दा रियल दुई अंकले पछाडी छ ।
स्पेन जानु अघि हजार्डले ७ बर्ष चेल्सीमा बिताएका थिए । चेल्सीलाई दुई पटक प्रिमियर लिग, एक युरोपा लिग र दुई लिग कप जिताउन उनले प्रेरणादायी प्रर्दशन गरेका थिए ।
रियल आउने बित्तिकै उनले अभ्यासको क्रममा चोट बाकेका थिए । सोही कारण उनले सिजनको सुरुवात गर्नै पाएनन् । उनी अक्टोबरसम्म रियलबाट खेल्नै सकेनन् ।
गत नोभेम्बरमा च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)संग २–२ गोलको बराबरी खेल्ने क्रममा हजार्डले चोट बोकेका थिए । लगत्तै उनी दुई महिना मैदान बाहिर रहे ।
हजार्डकै नेतृत्वमा बेल्जियम फिफा विश्वकपको शीर्ष स्थानमा छ । सोही कारण युरो २०२० मा बेल्जियम मुख्य दाबेदार टिम छ । तर टिमका नेतृत्वकर्ता हजार्ड भने चोटका कारण पुरै सिजन पिरोलिने भएका छन् ।