काठमाडौं । रानीपोखरी कर्नर टिम आरसीटीले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलको पहिलो खेलमा बराबरी खेल्दै अंक बाडेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा आरसीटीले झम्सिखेल युथ क्लबसँग १-१ गोलको बराबरी खेलेको हो ।
पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा आरसीटीले पहिलो खेलमा अंक बाडेको हो ।
खेलको २८ औं मिनेटमा कप्तान अमर डंगोलले गोल गर्दै आरसीटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा अनिश चौधरीले गोल गर्दै झम्सिखेललाई हारबाट जोगाए ।
बराबरीसँगै दुवै टोलीले १-१ अंक जोडेको छ ।
मंगलबार भएको पहिलो खेलमा सातदोबाटो युथ क्लबले नयाँ बस्ती युथ क्लब २-० गोल अन्तरले पराजित गरेको थियो ।
आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।