• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
आयोजक सुदुरपश्चिम सेमिफाइनलमा
नमीन ढकाल
मंगलबार, फागुन १३, २०७६ नमीन ढकाल
आयोजक सुदुरपश्चिम सेमिफाइनलमा

धनगढी। आयोजक सुदुरपश्चिम-११ चौंथो संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कैलाली हसनपुरस्थित धनगढी रंगशालामा मंगलबार भएको क्वाटरफाइनलमा भारतको कंचनजंघा एफसीलाई ४-२ गोल अन्तरले पराजित गर्दै आयोजक अन्तिम चारमा पुगेको हो ।

सुदुरपश्चिमको जितमा बिक्रम सिंह ठकुरीले दुई गोल गरे । यस्तै फिलिप तामाङ र दिपेश श्रेष्ठले एक एक गोल गरे ।

कंचनजंघाका अभिषेक दर्जी र छिरिङ तामाङले एक एक गोल फर्काए ।

खेलको १० औं मिनेटमा बिक्रमको गोलबाट घरेलु टिमले अग्रता बनाएको थियो । उद्दब खत्रीको पासमा बिक्रमले डिबक्स भित्रबाट दोस्रो बारमा उत्कृष्ट गोल गरे ।

१९ औं मिनेटमा फिलिपले गोल गर्दै आयोजकको अग्रता २-० को बनाए । कंचनजंघाका गोलरक्षक निघम सिंह अगाडी बढेको अवस्थामा फिलिपले सहजै खाली पोस्टमा गोल गरे ।

खेलको २३ औं मिनेटमा बिक्रमले व्यक्तिगत दोस्रो गोल गर्दा आयोजक सुदुरपश्चिम ३-० ले अघि रह्यो । उनले पुन उद्दबको पासलाई सदुपयोग गरे ।

२८ औं मिनेटमा अभिषेकको पेनाल्टी गोलबाट कंचनजंघाले अग्रता ३-१ मा झार्यो । सुदुरपश्चिमका धन बहादुर थापाले डिबक्स भित्र अमिर लामालाई खराब ट्याकल गरेपछी पाएको पेनाल्टी अभिषेकले गोल गरे ।

खेलको ३९ औं मिनेट कंचनजंघाका छिरिङले गोल गर्दा पहिलो हाफमा ३-२ को अवस्थामा सकिएको थियो । डिबक्स नजिकै आयोजकका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई छिरङले जाली चुमाए ।

तर, खेलको ४६ औं मिनेटमा दिपेशले गोल गर्दै सुदुरपश्चिमलाई ४-२ को सहज जित दिलाए । दिपेशले गोलरक्षकसँगको वान भर्सेस वानको अवस्थामा आकर्षक गोल गरे ।

खेलको म्यान अफ दि म्याच आयोजकका बिक्रम चुनिए। उनले १० हजार नगद सहित ट्रफी प्राप्त गरे ।

अब सुदूरपश्चिमले फाइनल प्रवेशको लागि विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफबीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा बुधबार थ्री स्टार र नव जन जागृती क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सुदूरपश्चिम स्पोर्ट्स क्लबको आयोजनामा जारी प्रतियोगितामा १२ टिमको सहभागीता रहेको छ । देशकै सर्वाधिक राशिको मोफसल प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया पाउनेछ । उपविजेताले १० लाख १ पाउने आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार प्रदान गरिने छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP