काठमाडौं । सातदोबाटो युथ क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा नयाँ बस्ती युथ क्लब २-० गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सुखद सुरुवात गरेको हो ।
सातदोबाटोको जितमा प्रवेश गौतमले दुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको सातदोबाटोले दोस्रो हाफमा दुई गोल गरेको थियो ।
खेलको ५९ औं मिनेटमा प्रवेशले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८२ औं मिनेटमा प्रवेशले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २-० को सहज जित दिलाए ।
खेलको म्यान अफ दि म्याच प्रवेश चुनिए ।

जितसँगै सातदोबाटोले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । नयाँ बस्तीले भने हारबाट सुरुवात गरेको छ ।
आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।

तस्बिर - एन्फा