एजेन्सी । इटालियन क्लब इन्टर मिलानले युरोपा लिगको अन्तिम ३२ अन्तर्गत लुडोगोरेट्सविरुद्धको घरेलु खेल दर्शकबिना बन्द रंगशालामा खेल्ने भएको छ ।
कोरोना भाइरसको फैलावटको कारण इन्टरले बुल्गेरियन क्लबसँगको खेल रंगशाला बन्द गरेर खेल्ने भएको हो ।
इन्टरले पहिलो लेग खेल बिहिबार राति खेल्नेछ । तर, मिलानमा कोरोना तीव्र गतिमा फैलिएको कारण दर्शक बिना खेल खेलिने भएको हो ।
यस अघि सिरी 'ए' अन्तर्गत इन्टर र साम्पडोरियाबीचको आइतबार तय खेल स्थगित गरिएको थियो ।
कोरोनाको कारण मिलान शहरको विभिन्न स्कुल तथा कलेजहरु सोमबारबाट बन्द गरिएको छ ।