एजेन्सी । लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले पुनरागमन जित निकालेको छ ।
आईतबार राति नेयमार रातो कार्ड खादै मैदान बाहिरिएको खेलमा पीएसजीले बोर्डोलाई ४–३ गोल अन्तरले हराएको हो ।
लिग वान लिडरले पछिल्लो साता एमिन्ससंग ४–४ गोलको बराबरी खेलेको थियो । त्यस्तै च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगको खेलमा बोरुसिया डर्टमण्डसंग २–१ ले हारेको थियो ।
पीएसजीको जितमा मार्किन्होसले दुई तथा ईडिन्सन काभानी र केलियन एम्बाप्पेले एक एक गोल गरेका थिए ।
बोर्डोका ह्वाङ वि जोले सुरुवातमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । यस्तै क्लबका लागि नाससिमेन्टो डी कास्ट्रो र रुबिन पाड्रोले एक एक गोल गरेका थिए ।
दोस्रो हाफको अन्तिम मिनेटमा यासीन अदलीलाई लडाएपछि नेयमार दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएका थिए ।

उनले शनिबार घरेलु मैदानमा डिजोनबिरुद्ध हुने खेल गुमाउनेछन् ।
जितसंगै पीएसजीले लिगमा १३ अंकको अग्रता कायम गरेको छ । शीर्ष स्थानको पीएसजीको ६५ अंक छ । बोर्डो ३५ अंक सहित तालिकाको १२ औं स्थानमा छ ।