एजेन्सी । क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा युभेन्ट्सले सिरि 'ए' फुटबलमा एसपीएललाई हराएको छ ।
शनिबार राति भएको खेलमा युभेन्ट्सले रोनाल्डोको कीर्तिमानी गोलमा एसपीएललाई २–१ गोल अन्तरले हराएको हो ।
करियरको सिनियरतर्फ एक हजार खेल पुरा गरेका रोनाल्डोले सिरि ए फुटबलमा लगातार ११ खेलमा गोल गर्न समेत सफल रहे ।
जुआन कुआड्राडोको क्रसमा ३९ औं मिनेटमा गोल गर्दै रोनाल्डोले ग्याब्रियल बाटिस्टुटा र फबियो क्वाग्लिआरेलाको कीर्तिमानी गोल बराबरी गरे ।
६० औं मिनेटमा आरोन राम्सेले एक गोल थप्दै युभेन्ट्सको जित सुनिश्चित गरेका थिए । घरेलु टोलीका आन्ड्रे पेटाग्नालेटरले ६९ औं मिनेटमा पेनाल्टीमा एक गोल फर्काएका थिए ।

जितसंगै युभेन्ट्सले लिगमा चार अंकको स्पष्ट अग्रता कायम गरेको छ । शीर्ष स्थानको युभेन्ट्सको ६० अंक छ । तालिकाको पुछारमा रहेको एसपीएलको १५ अंक छ ।
रोनाल्डोले यस सिजन क्लब र देशका लागि ३६ खेलमा ३६ गोल गरको छन् । उनलाई आगामी आईतबार ईन्टर मिलानबिरुद्ध गोल गर्दै सिरि ए फुटबलमा कीर्तिमानी गोल कायम गर्ने अवसर छ ।
उनले ईटालियन लिगका ११ खेलमा लगातार गोल गर्ने कीर्तिमान बराबरी गर्न सफल भएका छन् ।