एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा डर्टमण्डले वेर्डर ब्रेमेनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
ब्रेमनको मैदानमा डर्टमण्डलाई जित दिलाउन डान जागाडोउ र अर्लिङ हालाण्डले एक एक गोल गरे ।
खेलको ५२ औं मिनेटमा जागाडोउले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६६ औं मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई २-० को जित दिलाए ।
जितसँगै डर्टमण्ड लिगको दोस्रो स्थानमा उक्लिएको छ । डर्टमण्डले २३ खेलमा ४५ अंक जोडेको छ । १७ अंक जोडेको ब्रेमेन रेलिगेसन क्षेत्रमा रहेको छ ।
