एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले टोटनहमलाई पराजित गरेको छ ।
शनिबार भएको खेलमा चेल्सीले टोटनहमलाई २-१ गोल अन्तरले पराजित भएको हो ।
चेल्सीको जितमा ओलिभर जेरुड र मार्कोस अलन्सोले एक एक गोल गरे । टोटनहमका लागि चेल्सीका एन्टोनियो रुडीगरले आत्मघाती गोल गरे ।
खेलको १५ औं मिनेटमा जेरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । खेलको ४८ औं मिनेटमा अलन्सोले गोल गर्दा चेल्सी २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ९० औं मिनेटमा रुडीगरले आत्मघाती गोल गरेपनि चेल्सी २-१ ले विजयी भयो ।

जितसँगै चेल्सीले २७ खेलबाट ४४ अंक जोडेको छ । चेल्सी चौंथो स्थानमा रहेको छ । टोटनहम ४० अंकसहित पाँचौं स्थानमा रहेको छ ।
