एजेन्सी । इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले शनिबार सिनियर फुटबल करियरको एक हजार खेलको कोशेढुंगा पार गर्दैछन् ।
इटालियन सिरी 'ए' अन्तर्गत शनिबार एसपीएलविरुद्ध मैदान उत्रदै रोनाल्डोले १००० औं खेलको कोशेढुंगा पुरा गर्ने छन् ।
रोनाल्डोले हालसम्म ९ सय ९९ खेल खेलिसकेका छन् । उनले क्लबबाट ८ सय ३५ खेल खेल्दा राष्ट्रको लागि १ सय ६४ खेल खेलेका छन् । जसले उनले ७ सय २४ गोल गरेका छन् ।

पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डोले करियरको पहिलो क्लब स्पोर्टिङ लिस्बनबाट ३१ खेल खेलेका थिए ।
रोनाल्डो सन् २००३ मा इन्ग्लिश म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भए । इन्ग्लिश क्लबमा रोनाल्डोले २ सय ९२ खेल खेले । युनाइटेडमा ६ वर्ष विताएपछि रोनाल्डो सन् २००९ मा स्पेनिस क्लब रियल मड्रिड गएका थिए ।
रियलमा करिब ९ वर्ष विताएका रोनाल्डो सन् २०१८ मा युभेन्ट्स गएका हुन् ।
