एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा नापोलीले ब्रेसियालाई पराजित गरेको छ ।
शुक्रबार राति भएको खेलमा नापोलीले ब्रेसियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
ब्रेसियाको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर नापोलीले जित निकालेको हो ।
खेलको २६ औं मिनेटमा जोन चान्सेलोरले गोल गर्दै ब्रेसियालाई अग्रता दिलाएका थिए । तर, खेलको ५० औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमा गोल गर्दै नापोलीलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ५४ औं मिनेटमा फाबियनले गोल गर्दै नापोलीलाई २-१ को जित दिलाए ।
जितसँगै नापोली लिगको छैटौं स्थानमा उक्लिएको छ । नापोलीले २५ खेलमा ३६ अंक जोडेको छ । ब्रेसिया १६ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।
