एजेन्सी । लिभरपुलका मिडफिल्डर जोर्डन हेण्डरसन इन्ग्लिश प्रिमियर लिग फुटबलको खेलाडी पावर र्याङकिङको शीर्ष स्थानमा यथावत रहन सफल भएका छन् ।
स्पोर्ट्स मेलले निकालेको र्याङकिङमा हेण्डरसन शीर्ष स्थानमा यथावत रहन सफल भएका हुन् । यस्तै पावर र्याङकिङको दोस्रो स्थानमा म्यानचेस्टर सिटीका केभिन डी ब्रुयन यथावत रहेका छन् ।
लिभरपुलका मोहमद सलाह तेस्रो स्थानमा रहदा लिभरपुलकै रोबर्टो फिर्मिन्हो चौंथो स्थानमा रहेका छन् । सलाहको र्याङकिङ यथावत रहदा फिर्मिन्होको भने घटेको हो ।
पावर र्याङकिङको पाँचौं स्थानमा लिभरपुलका भिर्गिल भान डाइक रहेका छन् ।
यस्तै छैटौं स्थानमा टोटनहमका सन ह्युङ मिन रहदा सातौं स्थानमा लिभरपुलका साडियो माने रहेका छन् ।
र्याङकिङको आठौं स्थानको आर्सनलका डानी सेबालोस, नवौंमा एभर्टनका यरी मिना र दशौँ स्थानमा म्यानचेस्टर युनाइटेडका फ्रेड रहेका छन् ।