एजेन्सी । इन्ग्लिश क्लब आर्सनलका मिडफिल्डर मोसिट ओजिलले युरोपा लिग अन्तर्गत अन्तिम ३२ को पहिले लेग खेल गुमाउने भएका छन् ।
युरोपा लिगको अन्तिम ३२ को पहिलो लेगमा आर्सनलले बिहिबार राति ग्रिसको ओलम्पियाकोससँग खेल्दैछ । तर, आर्सनलले घोषणा गरेको टिममा ओजिल परेका छैनन् ।
व्यक्तिगत कारण ओजिल टिममा नभएको आर्सनलले जनाएको छ । तर, उनको श्रीमती बच्चाको आमा बन्न लागेको कारण ओजिल टिममा नरहेको बीबीसीले जनाएको छ ।
ओलम्पियाकोससँग खेल्ने आर्सनलको टिममा माटियोले स्थान बनाएका छन् । माटियो प्रिमियर लिग अन्तर्गत न्युकासलसँगको खेलम टिममा थिएनन् ।