एजेन्सी । युएईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब भ्यालेन्सिया पराजित भएको छ ।
बुधबार राति भएको खेलमा भ्यालेन्सिया इटालियन क्लब एट्लान्टासँग ४-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा एट्लान्टाका लागि हान्स हाटेबोएरले दुई गोल गरे । जोसिप ललिचिच र रिमो फ्रयूलेरले एक एक गोल गरे । भ्यालेन्सियाका डेनिस चेरीसोभले एक गोल फर्काए ।
यससँगै पहिलोपटक नकआउट चरणमा पुगेको एट्लान्टाले नकआउट चरणमा पहिलो जित निकाल्न सफल भएको छ ।

जितसँगै एट्लान्टाले क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । भ्यालेन्सियालाई भने दोस्रो लेगमा फराकिलो जितको आवश्यकता भएको छ ।
दोस्रो लेग खेल भ्यालेन्सियाको मैदानमा हुनेछ ।
