काठमाडौं । इन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा राइनो गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा अविशेक चर्चलाई ५–२ गोल अन्तरले पराजित गर्दै इन्द्रेणी अन्तिम आठमा प्रवेश गरेको हो ।
इन्द्रेणीको जितमा रोशन राना मगर, रमेश मगर, सुमित श्रेष्ठ, अनिश तामाङ र संजय जलारीले एक एक गोल गरे । अविशेकका सरोज क्षेत्रीले दुई गोल फर्काए ।

१० टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
