धनगढी । स्टार सिटी क्लबले पाँचौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
धनगढी रंगशालामा शनिबार भएको फाइनलमा सुदूरपश्चिम-११ लाई १–० ले पराजित गर्दै स्टार सिटीले उपाधि जितेको हो ।
स्टार सिटीको जितमा विक्रम सिंहले निर्णायक गोल गरे । उनले पहिलो हाफको ईन्जुरी समयमा गोल गरेका थिए ।
उपाधिसँगै स्टार सिटीले ५ लाख नगद प्राप्त गरेको छ भने उपविजेता सुदूरपश्चिमले २ लाख ५० हजारमा चित्त बुझाएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी स्टार सिटीका कुवेर सिंह चुनिए । उनले नगद २५ हजार प्राप्त गरे । उत्कृष्ट प्रशिक्षक स्टार सिटीका कुमार शाही, उत्कृष्ट गोलरक्षक स्टार सिटीका प्रियम खड्का, उत्कृष्ट रक्षक स्टार सिटीका राकेश हमाल, सर्वाधिक गोलकर्ता स्टार सिटीका विक्रम सिंह भए ।
त्यस्तै उदयमान खेलाडी फारवेष्ट पशुपति युवा क्लबका रोशन विसी भए । उनीहरुले जनही १५–१५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।




