एजेन्सी । म्यान्चेष्टर सिटीका फरवार्ड रहिम स्टर्लिङ केही हप्ता मैदान बाहिर रहने भएका छन् । ह्यामस्टिङ चोटका कारण उनी केही हप्ता मैदान बाहिर रहने सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले पुष्टि गरेका छन् ।
ईङ्ल्याण्डका अन्तराष्ट्रिय २५ बर्षिया फरवार्ड टोटेनहमबिरुद्वको पछिल्लो खेलमा ८४ औं मिनेटमा मैदान छाडेका थिए । सो खेलमा सिटी टोटेनहमसंग २–० ले पराजित भएको थियो ।
'केही साता लाग्नेछ । तर कति बढी समय लाग्छ, मलाई थाहा छैन ।' ग्वार्डिओलाले भनेका छन् ।
प्रिमियर लिगको दोस्रो स्थानका सिटी शीर्ष स्थानको लिभरपुल भन्दा २२ अंकले पछाडी छ ।
स्वास्थ्य परिक्षण गर्दा स्टर्लिङमा ह्यामस्टिङ देखिएको क्लबले पुष्टि गरेको हो ।

स्टर्लिङ सिटीका २५ खेल मध्य २३ खेलमा उपलब्ध भएका थिए ।
'उनी बिना पक्कै समस्या हुनेछ । तर उनी बिना गुन्डोगान पहिलो सिजनमा थिए । लापोर्टि यो सिजनमा छन् ।' ग्वार्डिओलाले जोडेका छन् ।
सिटीका लागि खुसीको कुरा लिरो सानै अभ्यासमा फर्किएका छन् । घुँडाको गम्भिर चोटबाट मुक्त हुँदै उनी अभ्यासमा फर्किएका हुन् ।
कम्युनिटी सिल्डमा लिभरपुलबिरुद्व गत अगष्टमा उनले चोट बोकेका थिए ।