• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लिग समिक्षा : उपाधि दौडमा मनाङ कमजोर
नमीन ढकाल
बुधबार, माघ २२, २०७६ नमीन ढकाल
लिग समिक्षा : उपाधि दौडमा मनाङ कमजोर
एनआरटीविरुद्ध बल अघि बढाउँदै फ्रेन्ड्स क्लबका खेलाडी । फोटो : एन्फा

काठमाडौं । लिगको पहिलो हारसँगै साविकको विजेता मनाङ मस्र्याङ्दी क्लब उपाधि दौडमा कमजोर बनेको छ ।

उपत्यकामा सञ्चालित शहिद स्मारक ए डिभिजन लिगको दशौं चरणको खेलमा च्यासल युथसँग २–० गोल अन्तरले पराजित भएसँगै मनाङ उपाधि होडबाट कमजोर बनेको हो ।

च्यासलसँगको एक मात्रै हारले मनाङको हातबाट उपाधिको दाबी फुत्किएको हो ।

अब उपाधिको सम्भावना अन्य क्लबको नतिजामा निर्भर हुने भएको छ ।

मनाङलाई पराजित गरेको च्यासल भने रेलिगेशन क्षेत्रबाट बचेको छ । पहिलो हारसँगैे शीर्ष स्थानको आर्मीसँग मनाङ ४ अंकले पछि छ ।

तीन खेल बाँकी रहेको अवस्थामा मनाङलाई शीर्ष स्थानमा फर्कन एक प्रकारले असम्भव जस्तै छ ।

लिगमा मिश्रित नतिजा निकालेको मनाङको प्रर्दशन पनि खासै दरिलो रहन सकेन ।

लिगको दशौंं चरणको समाप्तीसँगै उपाधि होडमा त्रिभुवन आर्मी र मछिन्द्र बलियो देखिएका छन् । यद्धपी उपाधि दौडमा आर्मीको हात माथि देखिएको छ ।

शीर्ष स्थानको आर्मी भन्दा मछिन्द्र मात्र एक अंकले पछाडी छ ।

समान १० खेल खेलेको आर्मीको २३ अंक र मछिन्द्रको २२ अंक छ ।

च्यासलको हारसँगै मनाङले आर्मीसंग दुरी घटाउने अवसर गुमायो । संगै मछिन्द्रसँग अंक बराबरी गर्ने अवसर खेर फाल्यो ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा न्युरोड टिम एनआरटी र फ्रेन्ड्सबीचको खेलसँगै दशौं चरणका खेल समाप्त भएका हुन् ।

अन्तिम खेलमा एनआरटी क्लब फ्रेन्ड्ससँग २–० गोल अन्तरले पराजित भयो ।

पराजित हुनुका बाबजुद एनआरटी शीर्ष ६ भित्र रहेको छ ।

मंगलबारको खेलसँगै एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले उपाधि होडमा मछिन्द्र र आर्मी देखिएपनि लिगको उपाधि आर्मीले जित्ने बताए ।

“अहिलेसम्मको स्थिति हेर्दा मछिन्द्र र आर्मी उपाधि होडमा देखिएका छन् ।” उनले भने ।

दुई मध्य कसले जित्छ भन्ने प्रश्नमा उनले भने, “अहिले आर्मीको एकनाशे प्रदर्शन देखिएको छ । खेल राम्रो छ । उपाधि आर्मीलेनै जित्छ होला ।” उनले भने ।

यसअघि बलियो मानिएको थ्री स्टार नवौं चरणमा मछिन्द्रसँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको थियो । दशौं चरणसँगै साविकको विजेता मनाङ पनि लगभग उपाधि होडबाट बाहिरिएको छ ।

मनाङ उपाधि होडमा फर्कन बाँकी तीन खेलमा मछिन्द्र र आर्मीले हार ब्यहोर्नुपर्नेछ ।

सोमबार मात्र विभागीय डर्बीमा पुलिसमाथि जित निकाल्दै आर्मी शीर्ष स्थानमा फर्कियो र दोस्रो स्थानको मछिन्द्रसंग एक अंकको अग्रता लियो ।

त्यसको एक दिन अघिमात्र विभागीय एपीएफमाथि पुनरागमन जित निकाल्दै मछिन्द्र कम्तिमा एक दिनको लागि शीर्ष स्थानमा पुगेको थियो । आर्मी २३ अंक सहित शीर्ष स्थानमा छ ।

गत सिजन लिगमा गरेको खराब प्रदर्शन कारण ऋण बोकेर लिगको सुरुवात गरेको मछिन्द्र २२ अंक सहित दोस्रो स्थानमा छ । मनाङ १९ अंक सहित तेस्रो स्थानमा छ ।

सरस्वतीविरुद्ध ४–० को जित निकालेको थ्री स्टार १७ अंक सहित चौथो स्थानमा छ । समान १५ अंक जोडका संकटा, जावलाखेल र एनआरटी क्रमश पाँचौ, छैटौं र सातौ स्थानमा छन् । हेड टू हेडका आधारमा तीन क्लबको स्थान निर्धारण भएको हो ।

समान १४ अंक भएका पुलिस र फ्रेन्ड्स क्रमश आठौं र नवौं स्थानमा छन् ।

दशौं चरणको अन्तिम खेलमा जित निकालेर रेलिगेशन क्षेत्रबाट बचेको च्यासल १२ अंक सहित दशौं स्थानमा छ ।

ब्रिगेड ब्वाईज ८ अंक सहित ११ औं, हिमालयन शेर्पा ७ अंक सहित १२ औं र एपीएफ ५ अंक सहित १३ औं स्थानमा छ । मात्र एक जित निकालेको सरस्वती रेलिगेशन क्षेत्रमा रहेको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
एक मिनेटमै नेपालले खायो २ गोल
एक मिनेटमै नेपालले खायो २ गोल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP