काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले न्युरोड टिम एनआरटी र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा जारी खेलको पहिलो हाफ सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् । पहिलो हाफमा दुवै टोलीले गोलको उत्कृष्ट मौकाहरु निकाल्न सकेनन् ।
आज दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
लिगको ७० औं खेलमा दुबै टिम जित निकाल्दै शीर्ष ६ भित्र आफुलाई स्थापित गर्न चाहन्छन् । जारी लिगमा फ्रेन्ड्स चौथो जितको खोजीमा हुनेछ । एनआरटी छैटौं जित निकाल्न चाहन्छ ।
फ्रेन्ड्स ११ अंक सहित तालिकाको दशौं स्थानमा रहेको छ । एनआरटी १५ अंक सहित तालिकाको सातौं स्थानमा छ ।