काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर सावित्रा भण्डारी रहेको गोकुलम केरेलाले भारतमा जारी हिरो महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ ।
बैंगलोरमा मंगलबार भएको खेलमा गोकुलमले बैंगलोर युनाइटेड एफसीलाई ५-१ ले पराजित गरेको छ ।
गोकुलमको जितमा कमला देवीले ह्याट्रिक गरिन् । सावित्राले एक गोल गर्दा गोकुलमले एक आत्मघाती गोलको उपहार पाएको थियो ।
बैंगलोरविरुद्ध एक गोलसँगै सावित्राले लिगमा ४ खेलमा १२ गोल गर्न सफल भएकी छिन् ।
जितसँगै गोकुलम सेमिफाइनलमा प्रवेश गरेको छ । गोकुलमले ४ खेलमा १४ अंक जोडेको छ । र, गोकुलम समूह 'बी' को शीर्ष स्थानमा रहेको छ ।
राउन्ड रोविन लिगको आधारमा जारी प्रतियोगिताको समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।