एजेन्सी । इटालियन सिरी ए फुटबलमा नापोलीले सहज जित निकालेको छ ।
सोमबार राति भएको खेलमा नापोलीले साम्पडोरियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
साम्पडोरियाको मैदानमा नापोलीलाई जित दिलाउन एरिक मिलिक, इल्फिज इल्मास,डिगो डिम्मी र ड्राइज मेर्टेन्सले एक एक गोल गरे ।
साम्पडोरियाका फाबियो र मानोलोले एक एक गोल फर्काए ।
जितसँगै नापोली २२ खेलमा ३० अंक जोडेर लिगको दशौँ स्थानमा उक्लिएको छ । साम्पडोरिया २० अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
