एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार नेयमार टिमबाट बाहिर भएका छन् ।
छातीमा चोट बोकेका नेयमार नान्टसंगको खेल अगाडी टिमबाट बाहिर परेका हुन् ।
गत शनिबार मोन्टिपेलियरबिरुद्ध जित निकालेको खेलमा नेयमारलाई उपचारको आवश्यकता देखिएको थियो । लगत्तै उनले पेरिसको नाईट क्लबमा आफ्नो २८ औं जन्म दिन मनाएका थिए ।
क्लब प्रशिक्षक थोमस टुचेलले टिमको छनोट वर्थ डे पार्टीको समयबाट प्रभावित नभएको बताएका छन् ।
'के यो खेलको तयारी गर्ने उपयुक्त तयारी हो ? हैन, प्रष्ट संग हैन ।' टुचेलले भनेका छन् ।
'यो संसारकै खराब चिज हो ? हैन ।' टुचेलले पत्रकार सम्मेलनमा भने ।
'म सधै खेलाडीको रक्षा गर्छु । म टिमलाई साच्च्किै माया गर्छु । यो पार्टीको बिषयले खेलाडीको बचाउ गर्न केही कठिन भएको म मान्छु ।' उनले थपेका छन् ।
सोमबार क्लबले नेयमारको चोट पुष्टि गर्दै लिग वानको शनिबारको खेलमा उनले चोट बोकेको बताएको छ ।