काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाईज क्लब (बीबीसी) क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा जावलाखेलले १-० को अग्रता बनाएको छ । खेलको ३२ औं मिनेटमा सुजित बुढाथोकीले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका हुन् ।
आज दुवै टिम जित निकाल्ने लक्ष्यमा रहेका छन् ।
लिगको दशौं चरणसम्म जावलाखेल शीर्ष ६ को लागि प्रतिस्पर्धा गर्दैछ । यस्तै पुछारतिर रहेको बीबीसी भने रेलिगेशन क्षेत्रबाट माथि उक्लन प्रयासरत छ ।
लिगमा ९ खेलेको जावलाखेल १२ अंकसहित तालिकाको ८ औं स्थानमा छ । यस्तै ८ अंक जोडेको बीबीसी ११ औं स्थानमा छ ।