एजेन्सी । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा इन्टरले उडिनेसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
इन्टरको जितमा रोमेलु लुकाकु नायक बने । पहिलो हाफ गोलरहित बराबरी खेलेको इन्टरका लागि दुवै गोल लुकाकुले गरे ।
खेलको ६४ औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई अग्रता दिलाए । त्यसपछि ७१ औं मिनेटमा लुकाकुले पेनाल्टी गोल गर्दै इन्टरलाई २-० को जित दिलाए ।
जितसँगै इन्टरले २२ खेलबाट ५१ अंक जोडेको छ । र, शीर्ष स्थानको युभेन्ट्ससँग अंक दुरी ३ मा झारेको छ ।
सिरी ए अन्तर्गत नै एसी मिलान भने भेरोनासँग १-१ गोलको बराबरीमा रोकिएको छ ।