एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ ।
आइतबार भएको खेलमा आर्सनल बर्नलीसँग गोलरहित बराबरीमा रोकिएको हो ।
बर्नलीको मैदानमा पाएको अवसरमा गोल गर्न नसक्दा आर्सनलले घरेलु टिमसँग अंक बाडेको हो ।
बर्नलीसँगको बराबरीसँगै आर्सनलले २५ खेलबाट ३१ अंक जोडेको छ । आर्सनल लिगको दशौँ स्थानमा रहेको छ ।
बर्नली ३१ अंकसहित ११ औं स्थानमा रहेको छ ।
