• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नवयुग चम्किदा आर्मीको पुनरागमन जित
नमीन ढकाल
आइतबार, माघ १९, २०७६ नमीन ढकाल
नवयुग चम्किदा आर्मीको पुनरागमन जित

काठमाडौं । विभागीय डर्बीमा उत्कृष्ट जित निकाल्दै त्रिभुवन आर्मी क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरमा आइतबार भएको विभागीय डर्बी भिडन्तमा नेपाल पुलिस क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।

दशरथ रंगशालामा नवयुग श्रेष्ठले दुई गरेपछि आर्मीले पुलिसविरुद्ध उत्कृष्ट पुनरागमन जित निकालेको हो । यस्तै आर्मीका लागि सुमन अर्याल र सुदिल राईले एक एक गोल गरे ।

पुलिसका बुद्ध बल तामाङ र मान बहादुर परियारले एक एक गोल गरे ।

रोमान्चक खेलमा सुरुवाती अग्रता भने पुलिसले बनाएको थियो ।  खेलको २० औं मिनेटमा बुद्धले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । निर कुमार राईको फ्रिकिकमा बुद्धले हेड गोल गरेका थिए ।

तर, खेलको ३४ औं मिनेटमा सुमन अर्यालले गोल गर्दै आर्मीलाई १-१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पुन: पुलिसले अग्रता बनायो । खेलको ५८ औं मिनेटमा मानले गोल गर्दै पुलिसलाई २-१ को अग्रता दिलाए ।  त्यसपछि चम्किए आर्मीका नवयुग ।

खेलको ७७ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई २-२ गोलको बराबरीमा ल्याए । ८५ औं मिनेटमा नवयुगले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ३-२ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८९ औं मिनेटमा सुदिलले गोल गर्दै आर्मीलाई ४-२ को उत्कृष्ट जित दिलाए । 

खेलमा नवयुग म्यान अफ दि म्याच चुनिए ।

जितसँगै आर्मीले १० खेलमा २३ अंक जोडेको छ । र, मछिन्द्र फुटबल क्लबलाई १ अंकले पछि पार्दै आर्मी शीर्ष स्थानमा उक्लिएको छ ।  मछिन्द्रको २२ अंक रहेको छ ।

पुलिस १० खेलमा १४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

के भन्छन् प्रशिक्षक ?

जितपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले खेलाडीको मेहेनतले पुनरागमन जित निकाल्न सफल भएको बताए ।

'खेलाडीले कडा मेहेनत गरे । जसको कारण पुनरागमन जित निकाल्न सफल भयौं । गोल खाएपनि निराश नभई खेल्दा सफल भयौं,' उनले भने ।

यस्तै न्यौपानेले खेलाडीमा उपाधिको भोक देखिएको बताए ।

'पहिलो हाफमा अवसर पाउँदा पनि हुनुपर्ने गोल भएन । दोस्रो गोलनै टर्निङ प्वाइन्ट भयो,' उनले थपे, 'जसरी पनि उपाधिका लागि खेल्नुपर्छ भन्ने भावना खेलाडीमा छ ।'

पुलिसका प्रशिक्षक अनन्त राज थापाले तीन अंक जोड्ने लक्ष्यसहित मैदान उत्रिएपनि खेलाडीको गल्तीमा सफल हुन नसकेको बताए ।

'तीन अंकका लागि खेल्न आएका थियौं । अट्याकमा आएका थियौं । गोल पनि निस्कियो तर, आफ्नै खेलाडीले गल्ती गर्दा पहिलो गोल खायौं । पछिल्लो १०-१२ मिनेट पछि पर्यौं,' उनले भने ।

यस्तै खेलमा हार व्यहोरेपनि टिमको प्रदर्शन राम्रो भएको बताए ।

'खेल हाम्रो राम्रो रह्यो । युवा खेलाडीलाई खेलाएको थिए । राम्रो खेले । आउने दिनमा राम्रो हुन्छ । यहिँ खेल खेले शीर्ष ६ को लागि राम्रो हुन्छ,' उनले थपे ।

आर्मी प्लेईङ सेट -
नवयुग श्रेष्ठ, सेसेहाङ आङ्देम्बे,विकास खवास,विकास तामाङ,सन्तोष तामाङ, सुमन अर्याल,विकेश कुथु,भरत खवास, दिनेश हेन्जन, जर्ज प्रिन्स कार्की, युद्ध शाही


पुलिस प्लेईङ सेट-
अजित भण्डारी,मान बहादुर परियार,निर कुमार राई,बुद्ध बल तामाङ,रोशन खड्का,तेज तामाङ,हेम तामाङ,प्रवेश कुवर,सौजन राई, रबि पासवान,अन्जन राई

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हङकङसँग नेपाल पराजित
हङकङसँग नेपाल पराजित
सरस्वतीको सानदार जित
सरस्वतीको सानदार जित
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
बार्सिलोनासँगको खेलमा भिनिसियस र लुकास घाइते
बार्सिलोनासँगको खेलमा भिनिसियस र लुकास घाइते
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
umbro nepal
  • ताजा समाचार
  • खेल आज
हङकङसँग नेपाल पराजित
हङकङसँग नेपाल पराजित
सरस्वतीको सानदार जित
सरस्वतीको सानदार जित
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP