काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको विभागीय डर्बीमा अहिले त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मी र पुलिसले १-१ गोलको बराबरी खेलेका छन् ।
पहिलो हाफमा सुरुवाती अग्रता पुलिसले बनाएको थियो । खेलको २० औं मिनेटमा बुद्ध बल तामाङले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । निर कुमार राईको फ्रिकिकमा बुद्धले हेड गोल गरेका थिए ।
तर, खेलको ३४ औं मिनेटमा सुमन अर्यालले गोल गर्दै आर्मीलाई १-१ गोलको बराबरीमा ल्याए ।
आज दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
आर्मी २० अंक सहित लिगको दोस्रो स्थानमा छ । लिगको आफ्नो दशौं खेलमा पुलिसलाई हराउँदै आर्मी पुनः शीर्ष स्थानमा आफ्नो पकड बनाउन चाहन्छ ।
पुलिस १४ अंक सहित छैटौं स्थानमा रहेको छ ।