काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य अनिता बस्नेत रहेको सेथु एफसीले भारतको हिरो महिला लिग फुटबलमा जित निकालेको छ ।
बैंगलोर फुटबल स्टेडियममा आइतबार भएको खेलमा सेथुले किकस्टार्ट एफसीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
साविक विजेता समेत रहेको सेथुको जितमा सन्ध्याले दुई गोल गरिन् । यस्तै सुमिथ्राले एक गोल गरिन् ।
किकस्टार्टविरुद्ध मिडफिल्डर अनिताले मैदान उत्रने मौका पाएकी थिइन् ।
अनिता दोस्रो सिजन सेथुबाट खेलिरहेकी हुन् ।
तर, सेथुका लागि यस सिजन अनिताले गोल गर्न सकेका छैनन् ।