काठमाडौं । १८ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता फागुनको तेस्रो साताबाट आयोजना हुने भएको छ ।
आयोजक सहारा क्लब पोखराले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २२ देखि चैत १ गतेसम्म संचालन हुने जनाएको छ ।
प्रतियोगितामा 'ए' डिभिजन क्लब, विदेशी, मोफसलका क्लब र आयोजक सहारा क्लब पोखरा गरि कुल १० टिमको सहभागिता रहने छ ।
गत संस्करणको उपाधि थ्री स्टार क्लबले जितेको थियो । फाइनलमा थ्री स्टारले त्रिभुवन आर्मी क्लबलाई हराएको थियो ।

मोफसलको बहुप्रतिष्ठित प्रतियोगिता बिगत १९ वर्षबाट निरन्तर हुँदै आइरहेको छ । क्याराभान गोल्ड कपको नामबाट सुरु प्रतियोगिताको वचत रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेस्रो व्याचको एकेडेमीमा १५ जिल्लाका २४ जना बालकहरु आश्रित छन् ।