एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले ९ खेलाडीमा सिमित मोन्टपिलरलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
साविक विजेता पीएसजीको जितमा पाब्लो साराबिया, एन्जल डी मारिया,केलियन एमबाप्पे र लेभिन कुर्जावाले एक एक गोल गरे । थप एक गोल मोन्टपिलरका डानिल कोङग्रेसले आत्मघाती गोल गरे ।
खेलमा दिमित्री बेर्तौड र जोरिस चोर्टाडले रातो कार्ड पाउँदा मोन्टपिलर ९ खेलाडीमा समेटिएको थियो ।
पीएसजीले पहिलो हाफमा ३ तथा दोस्रो हाफमा २ गोल गरेको थियो ।
जितसँगै शीर्ष स्थानको पीएसजीले २२ खेलमा ५५ अंक जोडेको छ । पीएसजी दोस्रो स्थानको मार्सेली भन्दा १३ अंकले अघि रहेको छ ।
३३ अंक जोडेको मोन्टपिलर पाँचौं स्थानमा रहेको छ ।