एजेन्सी । ब्रुनो फर्नान्डेजको डेब्यु खेलमा म्यान्चेष्टर युनाईटेडले प्रियिमर लिग फुटबलमा बराबरी खेलेको छ ।
शनिबार राति घरेलु मैदान ओल्डट्राफोर्डमा युनाईटेडले उल्भ्ससंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।
पोर्चुगलको स्पोर्टिङ लिस्बोनबाट साढे ५ बर्षको सम्झौता गर्दै क्लबमा आएका फर्नान्डेजले युनाईटेडबाट प्रिमियर लिगमा डेब्यु गरे ।
उनी ४७ मिलियन पाउण्डमा युनाईटेड आएका थिए । तर डेब्यु खेलमा उनी प्रभाव देखाउन असफल रहे ।
खेलको अन्तिम मिनेटमा युनाईटेड गोलको नजिक पुगेको थियो । बैकल्पिक खेलाडी डिएगो डालोटको हेड पोस्ट नजिकैबाट बाहिरिन पुग्यो ।
आले गुनर सोल्सायरको टिमले पछिल्ला पाँच खेलमा मात्र चार अंक बटुलेको छ ।
युनाईटेड ३५ अंक सहित तालिकाको छैटौ स्थानमा छ । समान अंक जोडेको उल्भ्स तालिकाको सातौं स्थानमा छ ।