धनगढी । प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिताअन्तर्गत महिलातर्फ कालिका युवा क्लब र पुरुषतर्फ पिएफए अत्तरिया फाइनलमा प्रवेश गरेका छन् ।
धनगढीको जुगेडामा शनिबार कालिकाले आयोजक मनकामना युवा क्लबलाई १–० ले पराजित गर्यो । कालिकाका लागि दिपा रोकायाले निर्णायक गोल गरिन् ।
पुरुषतर्फ अत्तरियाले मनकामना युवा क्लब 'ए' लाई टाईब्रेकरमा ६–५ गोल अन्तरले हराएर फाइनल पुग्यो । निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
पिएफएका लागि अशोक चौधरी र मनकामनाका लागि सुरज खत्रीले गोल गरेका थिए ।
मनकामना युवा क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ४१ हजार पाउने छन् । त्यस्तै महिलातर्फको विजेताले २० हजार र उपविजेताले १० हजार पाउने छन् ।