एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले फरवार्ड ईडिन्सन काभानीलाई नबेच्ने भएको छ ।
लिग वान च्याम्पियनले उरुग्वेका अन्तराष्ट्रिय फरवार्डलाई तत्काल कुनै क्लबमा नबेच्ने प्रष्ट पारेका हो ।
उरुग्वेका फरवार्डले पीएसजीसंग क्लब छाड्ने बिषयमा छलफल गरेका थिए ।
३२ बर्षका फरवार्डले फ्रेन्च लिग च्याम्पियनलाई क्लब छाड्न चाहेका बताएका थिए । उनलाई स्पेनिस क्लब एट्लेटिको मड्रिडले अनुबन्धनको ईच्छा देखाएको थियो ।
पीएसजीले आफ्ना फरवार्ड बेच्ने कुनै योजना नरहेको र कुनै राम्रो प्रस्ताव नआएको समेत बताएको छ ।
क्लबसंग काभानीको सम्झौता मात्र ६ महिना बाँकी छ । उनी पछिल्लो समय म्यान्चेष्टर युनाईटेड र चेल्सीसंग जोडिएका छन् ।
चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले काभानीले महान खेलाडी भनेका थिए । उनी पछिल्लो महिनाको अन्तिममा काभानीसंग जोडिएका थिए ।
पीएसजीका कीर्तिमानी गोलकर्ता काभानीले चालू सिजन निकै कम अवसर पाएका छन् । मौरा ईकार्डी लोनमा पीएसजी आएपछि काभानीले कम अवसर पाएका हुन् ।

'हामी कसैसंग सम्झौताको नजिक छैनौ ।' पीएसजीका निर्देशक लियोनार्दोले भनेका छन् ।
'हामीले उनलाई बेच्ने सोचेका छैनौ । एक बिन्दुमा हामीले प्रस्तावमा छलफल गर्न खुल्ला गरेका थियौ । तर त्यहाँ कुनै सहमती भएन । उनले साढे ६ बर्ष बिताएका छन् । दुई हप्तामा निर्णय गर्न कठिन हुन्छ ।' उनले थपेका छन् ।
गत शुक्रबारमात्र प्रशिक्षक थोमस टुचेलले काभानी चाँडै लयमा आउने बताएका थिए । उनले काभानी महत्वपूर्ण खेलाडी रहेको उल्लेख गर्दै चाँडैनै लय समाउन जरुरी रहेको बताएका थिए ।