शंखुवासभा । मिर्मिरे क्लब तामाफोक मादी नगर रनिङ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
हाङ्थुम् क्लवको खेलमैदानमा शनिबार भएको पहिलो सेमिफाईनलमा देउराली क्लव धनकुटालाई सडनडेथमा पराजित गर्दै मिर्मिरे क्लब फाईनल यात्रा तय गरेको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरमा गरिएको थियो ।
टाईब्रेकरमा समेत दुबै टोलीले ३–३ गोल गरेपछि खेलको निर्णय सडनडेथमा गरिएको हो ।
सडनडेथमा राजकुमार जिमी र राज जिमीले गोल गरे ।
धनकुटाका सबल राइले गोल गरे । विवश लिम्बुको प्रहार मिर्मिरेका गोल रक्षक प्रदिप जिमीले बचाए ।

प्रदिप 'म्यान अफ दी म्याच' घोषित भए ।
मिर्मिरेले उपाधिका लागि फाईनलमा धरान र खाँदबारीबीचको विजेतासंग खेल्नेछ ।