काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले मछिन्द्र फुटबल क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा एपीएफले १-० को अग्रता बनाएको छ ।
खेलको ४३ औं मिनेटमा रमेश दंगालले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका हुन् । नविन लामाको फ्रिकिकमा रमेशले हेड गोल गरेका हुन् ।
आज दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
मछिन्द्र जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ । १९ अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा रहेको छ ।
यस्तै ५ अंक जोडेको एपीएफ पुछारबाट दोस्रो स्थानमा रहेको छ । एपीएफ जित निकाल्दै रेलिगेशन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।