• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सन्जोगको ह्याट्रिकमा थ्री स्टारको शानदार जित
नमीन ढकाल
शनिबार, माघ १८, २०७६ नमीन ढकाल
सन्जोगको ह्याट्रिकमा थ्री स्टारको शानदार जित

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले सरस्वती युथ क्लबविरुद्ध शानदार जित निकालेको छ ।

त्रिपुरेश्वरथित दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टारले रेलिगेशन क्षेत्रको सरस्वतीलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

थ्री स्टारको जितमा सन्जोग राईले ह्याट्रिक गरे । यस्तै एक गोल लाल राम्मव्राले एक गोल गरे ।

सरस्वतीसँग पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफमा चार गोल गर्यो ।

भारतीय खेलाडी लाल राम्मव्राले खेलको ४९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा सन्जोगले गोल गर्दै थ्री स्टारलाई २-० को अग्रता दिलाए ।

खेलको ६० औं मिनेटमा सन्जोगले व्यक्तिगत दोस्रो गोल गर्दा थ्री स्टार ३-० ले अघि रह्यो ।  त्यसपछि खेलको ७१ औं मिनेटमा गोल गर्दै सन्जोगले ह्याट्रिक पुरा गरे ।

यससँगै सन्जोग जारी लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनेका छन् । यस्तै सन्जोग बिस २०७० सालपछि ए डिभिजन लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।

खेलमा सन्जोग म्यान अफ दि म्याच चुनिए ।

जितसँगै थ्री स्टार लिगको चौंथो स्थानमा उक्लिएको छ । थ्री स्टारले १० खेलमा १७ अंक जोडेको छ।

पुछारको सरस्वतीले १० खेलमा ४ अंक जोडेको छ ।

के भन्छन् प्रशिक्षक ?

जितपछि थ्री स्टारका मुख्य प्रशिक्षक मेघराज केसीले पहिलो हाफमा गोल नहुँदा टिमलाई दबाब तर खेलाडी परिवर्तनपछि टिमको प्रदर्शन राम्रो भएको बताए ।

'थ्री स्टारलाई आज त्यस्तो दबाब थिएन । तर, पहिलो हाफमा स्कोर नहुदा हामीलाई उल्टो दबाब भयो,' केसीले भने, 'त्यसैले दुई खेलाडी परिवर्तन गर्यौ । जसले गर्दा स्कोर निस्कियो । दोस्रो हाफमा र पहिलो हाफमा उत्तिकै अवसर बनायौ । एउटा खेलाडी सफल नहुँदा अर्कोलाई मौका दियौं ।'

सरस्वतीका मुख्य प्रशिक्षक प्रदिप नेपालले दोस्रो हाफमा नसोचेको गोल हुँदा खेलमा फर्कन नसकेको बताए ।

'पहिलो हाफमा रणनीति सफल भयो । दोस्रो हाफमा सिल्ली गोल खायौं । त्यसपछि दबाबमा आउँदा खेलमा फर्किन पाएनौ,' उनले भने, 'अझै ३ खेल बाँकी छ । अबको खेल निकै महत्वपूर्ण हुनेछ । अन्तिम खेलसम्म रेलिगेशन कुर्नुपर्छ ।'

थ्री स्टार प्लेईङ सेट -
अनन्त तामाङ, लाल राम्मव्रा, विक्रम लामा,प्रिसो,वासिउ हाजमत,रुपेश केसी,अशोक खवास,एरिनोसो,सन्जोग राई, निशान खड्का,सुशील राई

सरस्वती प्लेईङ सेट -
एमबी आन्द्रे,दिपेश श्रेष्ठ,प्रदिप भण्डारी,सुशन लामा,मनिष थापा,दिपक भुसाल,पूर्ण बहादुर श्रेष्ठ, बिनोद केसी,बर्सात गुरुङ,निशान माझी, काजिम बुसारी

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP