काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले थ्री स्टार क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरथित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टार र सरस्वतीले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुवै टोलीले गोलको अवसर पाएपनि गोल गर्न सकेनन् ।
आज दुवै टिम जित निकाल्ने योजनामा रहेका छन् ।
सरस्वतीलाई हराउँदै थ्री स्टार शीर्ष ६ को यात्रा सहज बनाउने लक्ष्यमा रहेको छ । सरस्वती पनि थ्री स्टारलाई हराउँदै रेलिगेशन क्षेत्रबाट माथि उक्लिन चाहन्छ ।
७ खेलबाट ४ अंक बटुलेको सरस्वती पुछारमा रहेको छ । यस्तै समान खेलबाट १४ अंक बटुलेको थ्री स्टार ५ औं स्थानमा छ ।