एजेन्सी । युरोपियन क्लब फुटबलमा शुक्रबार रातिबाट खेलाडी किनबेचको जनवरी ट्रान्सफर विन्डो बन्द भएको छ ।
जनवरी ट्रान्सफर विन्डोको अन्तिम दिन युरोपियन क्लब तथा इन्ग्लिश क्लब खेलाडी अनुबन्ध गर्न व्यस्त रहे । तर, यस सिजनको ट्रान्सफर विन्डोको अन्तिम दिन अघिल्ला सिजनको तुलनामा निकै कम खेलाडी किनबेच भएका छन् ।

प्रिमियर लिग क्लबले जनवरी ट्रान्सफरको डेडलाइन डेमा सन् २०१० पछिकै सर्वाधिक कम खर्च गरेको छ । प्रिमियर लिग क्लबले डेडलाइन डेको दिन २५ मिलियन पाउण्डमात्र खर्च गरेको छ । सन् २०१० मा डेडलाइन डेमा ३० मिलियन खर्च गरेको थियो ।
सन् २०१८ को जनवरी ट्रान्सफरको डेडलाइन डेमा प्रिमियर लिग क्लबले सर्वाधिक १ सय ८० मिलियन खर्च गरेको थियो ।
जनवरी ट्रान्सफरमा प्रिमियर लिग क्लबले कुल २ सय ३० मिलियन खर्च गरेको छ ।