एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डले मिडफिल्डर इम्री क्यानलाई लोनमा अनुबन्ध गरेको छ ।
डर्टमण्ड इटालियन क्लब युभेन्ट्सबाट मिडफिल्डर क्यानलाई लोनमा भित्र्याएको हो । यस्तै युभेन्ट्सले क्यानलाई २५ मिलियन युरोमा किन्नको लागि विकल्प समेत दिएको छ ।
जर्मनीका २६ वर्षे मिडफिल्डर सन् २०१८ मा लिभरपुलबाट इटाली आएका थिए । तर, माउरिजियो सर्री प्रशिक्षक बनेपछि उनले युभेन्ट्समा कम मौका पाउदै आएका थिए ।
क्यानले यस अघि वायर्न म्युनिख र बायर लिभरकुसेनबाट बुन्डेस लिगा खेलिसकेका छन् ।