एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडले नाइजेरियाआ स्ट्राइकर ओडीओन इघालोलाई लोनमा अनुबन्ध गरेको छ ।
वाट्फोर्डका पूर्व स्ट्राइकर इघालोलाई युनाइटेडले चिनिया क्लब सांघाई शेनहुआबाट लोनमा अनुबन्ध गरेको हो ।
३० वर्षे इघालो यस सिजनको अन्तिमसम्म युनाइटेडमा रहने छन् । यस्तै उनलाई स्थाई अनुबन्धको लागि समेत अवसर सांघाईले दिएको छ ।
सन् २०१४ देखि १७ सम्म वाट्फोर्टबाट खेलेका इघालोले क्लबका लागि ९९ खेलमा ३९ गोल गरेका थिए ।
उनी सन् २०१७ मा चिनियाँ सुपर लिग क्लब गएका थिए ।