एजेन्सी । रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेलले तत्काल क्लब नछाड्ने बताएका छन् । क्लबको पछिल्लो टोलीमा समेत नरहेका बेलले तत्काल क्लब नछाड्ने जिदानको भनाई छ ।
३० बर्षिया फरवार्ड बेल शनिबार एट्लेटिको मड्रिडबिरुद्ध खेल्ने रियलको १९ सदस्यीय टोलीमा छैनन् ।
टोटेनहमका अध्यक्ष ड्यानियल लेभीले मड्रिड पुगेर क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरिजसंग बेलको सरुवाको बिषयमा छलफल गरेका थिए ।
'म उनी जाने सम्भावनाको बिषयमा बिचार गर्न सक्दिन ।' जिदानले भनेका छन्।
'उनी हामीसंग छन् । मैले उनको गणना गरिरहेको छु । हामी सबै खेल्नका लागि यहाँ छौ । उनी समेत तयार छन् ।' उनले थपे ।
वेल्सका फरवार्ड सन् २०१३ मा प्रिमियर लिग क्लब टोटेनहमबाट रियलमा आएका थिए ।
उनी कीर्तिमानी मुल्य ८३ मिलियन पाउण्डमा स्पेन आएका थिए । उनको क्लबसंग २०२२ सम्म सम्झौता छ । उनले यस सिजन १२ लिग खेलमा दुई गोल समेत गरेका छन् ।