धनगढी । आयोजक मनकामना युवा क्लब, कालिका युवा क्लब र सुर्मादेवी युवा क्लब प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
धनगढीको जुगेडामा शनिबार भएको पहिलो खेलमा मनकामना युवा क्लबले आकओभर पाएर सेमिफाइनलमा पुगेको हो । न्यु उपदेश युवा क्लबको टिम नआएपछि आयोजक सेमिफाइनलमा पुगेको हो ।
यस्तै दोस्रो खेलमा सुर्वादेवी युवा क्लबले मसुरीया फुटबल एकेडेमीलाई ५–४ ले हरायो । तेस्रो खेलमा कालिका युव क्लबले गौरीगंगालाई ३–० ले हरायो ।
प्रतियोगिता अन्तर्गत शनिबार महिला र पुरुष तर्फका एक एक खेल हुनेछन् । पुरुषतर्फको सेमिफाइनलमा आयोजक मनकामना 'ए' र पिएफए अत्तरिया तथा महिलातर्फ मनकामना युवा क्लब र कालिका युथ क्लब प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको पुरुषतर्फको विजेतालाई ७५ हजार तथा उपविजेतालाई ४१ हजार नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै महिलातर्फको विजेतालाई २० हजार तथा उपविजेतालाई १० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक मनकामना युवा क्लबले जनाएको छ ।