धनगढी । कैलारी युथ युनाईटेडले पाँचौं फारवेष्ट पशुपति कप फुटबलमा विजयी सुरुवात गरेको छ ।
धनगढी रंगशालामा शुक्रबार भएको खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै कैलारीले सुखद सुरुवात गरेको हो ।
कैलारीको जितमा सन्जु चौधरीले दुई गोल गरे। यस्तै आर्जु चौधरीले एक गोल गरे । फारवेष्टका लागि निलेश विष्टले दुई गोल गरे ।
प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल हुनेछन् । पहिलो खेलमा स्टार सिटी र माउण्ट एभरेष्ट अत्तरीया तथा दोस्रो खेलमा सुदुरपश्चिम–११ स्पोर्टस क्लब र घोडाघोडी क्लब सुख्खडबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा १५ टिमको सहभागीता रहेको छ । सहभागी १५ टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।