संखुवासभा । सुनसरीको धरान संखुवासभाको मादीमा जारी चौथौं संस्करणको मादी नगर रनिङ कप पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा आयोजक हाङथुङ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै धरान अन्तिम चारमा पुगेको हो । मुलखर्क खेल मैदानमा धरानलाई जिताउन कप्तान मिलन राइले २४ औं मिनेटमा निर्णायक गोल गरे ।
यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पुरा भएको छ ।
धरानसँगै एडभान्स क्लब माने भन्ज्याङ, देउराली क्लब धनकुटा र मिर्मिरे क्लब तामाफोक सेमिफाइनल प्रवेश गरेका छन् ।

एडभान्सले शुक्रबार नै छ थर गाउँपालीका तेह्रथुमलाई १-० ले पराजित गर्यो । एडभान्सको जितमा खेलको २२ औं मिनेटमा सुरेन्द्र तामाङले निर्णायक गोल गरे ।
त्यस्तै झापालाई २-० ले पराजित गर्दै देउराली क्लब धनकुटा सेमिफाइनलमा पुगेको हो । देउरालीको जितमा विवश लिम्बु र सुजन सुब्बाले एक एक गोल गरे ।
अब शनिबार हुने पहिलो सेमिफाइनलमा मिर्मिरे र धनकुटा तथा एडभान्स र धरानबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख १५ हजार र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।