एजेन्सी । इन्ग्लिश क्लब आर्सनलले पोर्चुगिज डिफेन्डर सेड्रिक स्वारेलाई अनुबन्ध गरेको छ ।
जनवरी ट्रान्सफरको अन्तिम दिन आर्सनलले सेड्रिकलाई साउथह्याम्पटनबाट लोनमा अनुबन्ध गरेको हो ।
यस सिजनको अन्तिमसम्मको लागि आर्सनलले राइट ब्याक सेड्रिकलाई भित्र्याएको हो ।
२८ वर्षे डिफेन्डर सेड्रिकले पोर्चुगलबाट विश्वकप र युरोकप खेलिसकेका छन् । सेड्रिकले पोर्चुगलका लागि ३३ खेल खेलेका छन् ।